२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा २३७ पदमा ७५९ जनाको उम्मेदवारी

अ+ अ-

म्याग्दी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् ।

म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

प्रमुख/अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडाध्यक्षमा १६०, खुला सदस्यमा २८०, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १३० जनाको उम्मेदवारी परेको छ । ‘दाबी–विरोध, छानबिन, आवश्यक कारबाही र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कूल उम्मेदवार सङ्ख्या कायम हुनेछ ।’

बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मङ्गलाको २७ पदमा १०५, रघुगङ्गाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ ।

म्याग्दीका ६ स्थानीय तहमा ४५ वडा र ८५ हजार ३७५ मतदाता छन् । कूल मतदातामध्ये ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी छन् । यस्तै ७४ मतदान स्थल र ११४ मतदान केन्द्र छन् ।

धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा एकल उम्मेदवारी परेकाले नेकपा (माओवादी केन्द्र)का सीताकुमारी छन्त्याल निर्विरोध भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताए ।

यस्तै बेनी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ माओवादी केन्द्रको चुनाव चिह्न लिएर बेनपा–६ को वडा सदस्यमा उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रबाट मङ्गला गाउँपालिका–१ कुहुँको वडा सदस्यकी उम्मेदवार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा ज्येष्ठ र नेशनल मङ्गोल अर्गनाइजेशनबाट मङ्गला गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार २४ वर्षीय भूमि घर्तीमगर सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस