जाजरकोटमा चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पुन पक्राउ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

जाजरकोटमा चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पुन पक्राउ


८ बैशाख २०७९, बिहिबार


पक्राउ

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन्। चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए। तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन्। वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन।

वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदबाबपछि बुधबार प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । उनी अहिले प्रहरी हिरासतमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस