२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा तीन वर्षमा एक किलोमिटर सडक कालोपत्रे

अ+ अ-

झापा । धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माण कार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्रे भएको छ ।

आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भए पनि बजेट अभावमा हाल मेचीनगर नगरपालिका–१० को खयरडाँगीस्थित भेटवाल चोकबाट मेचीनगर–१५ को शिवालय मन्दिर छेउसम्मको सडक मात्र कालोपत्रे भएको हो ।

भद्रपुर धुलाबारी खण्डको लागत मूल्य अभिवृद्धि करसहित प्रदेश नं १ को सरकारको कूल २५ करोड ३२ लाख ८४ हजारमा हिम्डुङ एन्ड थोकर सरोज जेभीलाई ठेक्कामा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताको तीन वर्षको अवधिमा एक किलोमिटर सडक मात्र कालोपत्रे गर्न सकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए ।

उनले बजेट अभावमा जति काम हुनुपर्ने हो त्यति हुन नसकेको बताए । ‘प्रदेश सरकारले समयमा बजेट नपठाउँदा काममा ढिलाइ भइरहेको छ’, उनले भने, ‘आगामी वैशाखको पहिलो हप्ताभित्रमा बजेट आयो भने काम सकिन्छ, त्योभन्दा ढिलो भएमा म्याद थपेर अर्को साल बनाउनुको विकल्प छैन ।’

उनका अनुसार मेचीनगर नगरपालिकाको १० नम्बर वडाको भेटवाल चोकदेखि मेचीनगर–१५ कै ज्यामिरगढीस्थित हडिया खोलासम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्ने योजनामा परेका थियो । योजनाअनुसार नै सडकको दुवै साइटमा नाली खन्ने र सडक कालोपत्रे गर्न योग्य बनिसकेको उनको ठहर छ ।

विसं २०७६ कात्तिक २० गते निर्माण कम्पनीसँग २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएर सो सडकको शिलान्यास तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रकुमार आङ्बोले गरेका थिए । उनले जिल्लाका अन्य क्षेत्रमा समेत प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका सडक बजेट अभावमा अलपत्र अवस्थामा रहेको जानकारी दिए ।

धुलाबारी–भद्रपुर–जोड्ने यो सडक खण्डमा नेपाल प्रवेश गरेका पर्यटक यही बाटो हुँदै चन्द्रगढी एयरपोर्टबाट काठमाडौँलगायत देशका अन्य भागमा जान सजिलो हुने हुँदा चाँडै निर्माण सक्नुपर्ने नगर उपप्रमुख मिना उप्रेतीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस