२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार निर्वाचन आचारसंहिताको पालना गर्न प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सरोकारवाला सबैले गम्भीर हुनुपर्ने बताएका छन् ।

निर्वाचन आयोग र नेपाल कानुन समाजले कैलालीको धनगढीमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री भट्टले सामाजिक सञ्जालका कारण निर्वाचन आचारसंहिता बढी प्रभावित हुने गरेकाले यस्ता प्रवृत्तिलाई रोक्न विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

प्रदेश सरकारले निर्वाचन आचारसंहिताको पालना गर्ने गराउनेमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सङ्घीयता कार्यान्वयन भइरहेका अवस्थामा हुन लागेको निर्वाचनलाई स्वच्छ, भयरहित, स्वतन्त्र बनाउन यसको आचारसंहिता पालना गर्ने गराउने विषय निकै महत्त्वपूर्ण छ ।’

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आयोगले आचारसंहिता कडाइका साथ लागू गर्ने बताए । उनले भने, ‘निर्वाचन आचारसंहितालाई प्रवर्द्धनात्मक, नियन्त्रणात्मक र दण्डात्मक ढङ्गबाट कार्यान्वयन गरिने छ ।’

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनका पद्धति र प्रणाली विगतकोभन्दा सुधारोन्मुख हुँदै गए पनि अझै सुधार गर्नुपर्ने प्रसस्तै विषयवस्तु रहेको बताए ।

उनले जनतालाई स्वामित्व बोध गराउने र प्रजातन्त्र दिगो बनाउने गरी निर्वाचनलाई सहभागितामूलक, पहुँचयोग्य, स्वीकार्य र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिए ।

आयोगका पूर्व सचिव बेगेन्द्रराज शर्मा पौडेलले निर्वाचन आचारसंहिताका प्रमुख विषय र सरोकारवालाको भूमिका, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधीवक्ता कुलानन्द उपाध्यायले स्थानीय सरकार निर्वाचनको खर्च र प्रचारप्रसार, कानुन तथा न्याय मन्त्रालयका सहसचिव निर्मला अधिकारी र समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा अनुगमनका विषयमा प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनुहोस