काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो ।
सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय पदाधिकारीहरुले आ–आफ्ना राय प्रस्तुत गर्नेछन् ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार आज (सोमबार) को बैठकले आगामी स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्नेछ । यसका साथै चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे पनि छलफल हुने उनले बताए ।
शुक्रबारदेखि सुरु भएको बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ ।
त्यस क्रममा चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूले फरक फरक मत राखिरहेका छन् । गत शुक्रबार २१ जिल्लामा खटिएका नेताहरूले धारणा राखेका थिए ।