२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित

अ+ अ-

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका–५ स्थित खेलमैदानमा शनिवार आयोजित एक समारोहबिच उनले सो गाउँपालिकालाई नेपालकै चौथो र जिल्लाको तेस्रो बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको सूचक र मापदण्ड पूरा गरेकाले सो गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणामा सहयोग पुर्‍याउने सबै वडालाई ताम्र पत्रद्वारा सम्मान गर्नुका साथै गाउँपालिकाका पूर्व जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व तथा गैरसरकारी सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।

समारोहमा सिमलटार र भालु खोला क्षेत्रबाट हजारौँ सङ्ख्यामा पञ्चेबाजा, खैँजडी भजन, तामाङ समुदायका झाँकीलगायत सांस्कृतिक कार्यक्रम गरिएको थियो । त्यस्तै राष्ट्रिय कलाकार निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ तितुङले आफ्नो साङ«गीतिक प्रस्तुति दिनुका साथै विद्यालयका बालबालिकाले गायन, नृत्य तथा नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सङ्घीय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधानसभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष विशाल तिमल्सिना, मनहरि गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखलगायत सामाजिक सङ्घ संस्था तथा राजनीतिक दलका प्रतिनिधि उल्लेखनीय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस