२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा काँग्रेसले माग्यो सरकारको नेतृत्व

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति कार्यान्वयन गर्न नेपाली काँग्रेसले माग गरेको छ ।

प्रदेश सभा संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गरी काँग्रेसले नेतृत्व पाउनुपर्ने भद्र सहमति कार्यान्वयनका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष डेलिगेसन जाने निर्णय गरेको हो ।

गत साउन २७ मा शङ्कर पोखरल नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा नेपाली काङ्ग्रेससँग ८-८ महिना आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । तर सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन नभएपछि काँग्रेस संसदीय दलको बैठकले नेतृत्व लिन केन्द्रीय नेतृत्वसँग अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

‘पूर्व सहमति कार्यान्वयनका लागि पहलकदमी लिन पार्टी सभापति शेरबहादुर देउवासँग अनुरोध गर्ने निर्णय भएको हो’ प्रमुख सचेतक खानले भने, ‘संसदीय दलको बैठकको निर्णय सभापति देउवालाई बुझाउन नेता वीरेन्द्र कनौडिया आइतबार काठमाडौं जानुहुन्छ ।’

नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गठबन्धन सरकार बन्दा माओवादी केन्द्रले फागुन २ गते जनयुद्ध दिवस मनाएर सत्ता हस्तान्तरण गर्ने सहमति जनाए पनि कार्यान्वयन नभएको बताए ।

माओवादी केन्द्रका नेता एवं सरकारका प्रवक्ता तिलकराम शर्माले भने प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषय लुम्बिनीको मात्र नभएको बताए । ‘लुम्बिनीको मात्र आलोपालो गर्ने भन्ने होइन, योसँगै गण्डकीको के गर्ने भन्ने पनि आउँछ,’ शर्माले भने, ‘हामीलाई नेतृत्व छाड्न गाह्रो छैन, तर केन्द्रीय नेतृत्वबिच सहमति हुनुपर्‍यो ।’

आलोपालो सहमति कार्यान्वयन भएमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् ।

लुम्बिनीमा माओवादी केन्द्रका ,नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र उक स्वतन्त्र सांसदसहित गठबन्धन सरकार छ । ८१ सदस्यीय प्रदेश सभामा प्रमुख प्रतिपक्षी एमालेका ३६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस