‘मन्त्रालयसँग सहकार्य गर्दा आयोजना प्रभावकारी हुन्छ’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘मन्त्रालयसँग सहकार्य गर्दा आयोजना प्रभावकारी हुन्छ’


७ चैत्र २०७८, सोमबार


जाजरकोट । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाबिच सहकार्य गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आग्रह गरेका छन् ।

सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढे मात्र काम प्रभावकारी हुने उनको भनाइ थियो ।

सुर्खेतस्थित आयोजनाबाट कर्णालीका ६ जिल्लाको खानेपानीको समस्या हेर्दा काम गर्न गाह्रो भएको निमित्त कार्यालय प्रमुख शिव आर्यालले जानकारी गराए । बजेटको मात्राअनुसार कामको विभाजन भएको भए काम गर्न सजिलो हुने उनको भनाइ छ । उनले भने, ‘दरबन्दी अनुसारको कर्मचारी भएको भए काम गर्न सजिलो हुने थियो ।’

चौबीस जनाको दरबन्दीमा अहिले अधिकांश करारका कर्मचारी भर्ना गरेर काम गर्नुपरेको कार्यालयले जनाएको छ । वार्षिक बजेट ३० प्रतिशत खर्च गर्न नसक्ने सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले कर्णालीको समस्या देख्न नसकेको आरोप लाग्दै आएको छ । जाजरकोट, रुकुम पश्चिम, दैलेख, डोल्पा, सल्यान, सुर्खेतमा खानेपानी योजनामा काम गर्दै आएको छ । भूगोल ठुलो भएकाले कर्मचारीको अभावमा काम गर्न नसकिएको हो ।

प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीय तहले समेत खानेपानीको काम गर्ने भएकाले बजेटको मात्राअनुसार बजेट सोही निकायमा काम गर्नका लागि कार्य विभाजन भएमा छोटो समयमा सबै काम हुने मन्त्री सिंहले बताए । कर्मचारी अभावले बजेट कार्यान्वयनमै समस्या देखिनु दुःखद भएको मन्त्री सिंहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस