एमालेको पोलिटब्युरो बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेको पोलिटब्युरो बैठक बस्दै


७ चैत्र २०७८, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनको तयारीका बारेमा बैठकमा छलफल हुने उनले बताए । पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।

पछिल्लो समय सबैजसो राजनीतिक दलहरू वैशाख ३० को स्थानीय तह निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन थालेका छन् । नेकपा एमालेले पनि देशभर चुनावी अभियानलाई तीव्र बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस