बलात्कार मुद्दाका आरोपित पाँच वर्षपछि पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बलात्कार मुद्दाका आरोपित पाँच वर्षपछि पक्राउ


३० फाल्गुन २०७८, सोमबार


पक्राउ

बाजुरा । जिल्ला प्रहरी कार्यालयले बलात्कार आरोपमा सजाय पाएका जगन्नाथ गाउँपालिका–५ का नवराज शाहीलाई पक्राउ गरेको छ । उनी पाँच वर्षपछि आइतबार गगन्नाथ गाउँपालिकाबाटै पक्राउ परेका हुन् ।

प्रहरी कार्यालयकाका अनुसार २०७४ साल पुस १३ गते सोही गाउँकी एकल महिलालाई बलात्कार गरी फरार रहेका थिए ।

जिल्ला अदालतको २०७६ भदौ ३ गतेको आदेशले उनलाई दुई वर्ष ६ महिना कैद फैसला गरेको थियो । उक्त फैसला अनुसारको कार्यान्वयन गर्न सोमबार जिल्ला अदालत बजुरामा पेस गरी कैद भुक्तानका लागि आज नै कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस