स्थानीय चुनाव विशेष : एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय चुनाव विशेष : एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । स्थानीय तहको चुनावबारे छलफल र आवश्यक रणनीति तय गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बुधवार र बिहीबार केन्द्रीय कमिटी बैठक बस्ने भएको हो। सोमबार पोलिटव्यूरो बैठक गरेर केन्द्रीय कमिटीका एजेन्डा तय गरिएका छन्।

पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि आएका सुझावलाई समावेश गरेर परिमार्जनसहित अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा प्रतिवेदन पेस गर्नेछन्।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थानीय चुनाव केन्द्रित र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ।

अध्यक्ष नेपालले स्थानीय तह चुनावमा पार्टीले सफलता हासिल गर्ने दाबी गरेका छन्। ०७९ वैशाख ३० मा स्थानीय तह चुनाव हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस