मोरङमा बलात्कार आरोपीको घरमा आफन्त र गाउँलेहरूले लगाए आगाे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोरङमा बलात्कार आरोपीको घरमा आफन्त र गाउँलेहरूले लगाए आगाे


१६ फाल्गुन २०७८, सोमबार


विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ । लेटाङ ८ का ६४ वर्षीय दीपक गिरीको घरमा आगजनी भएको हो ।

सोमबार मृतक बालिकाको आफन्त र गाउँलेहरूले आरोपी गिरीको घरमा आगजनी गरेको बताइएको छ । आगजनीबाट गिरीको घर जलेर नष्ट भएको छ ।

बुधबार बेलुका स्कुलबाट घर फर्कने क्रममा बेपत्ता भएकी १२ वर्षीय करुणा राईको शव शुक्रबार विहान विभत्स अवस्थामा फेला परेको थियो । बालिकाको हत्या आरोपमा प्रहरीले शुक्रबार गिरीलाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस