निर्वाचन आयोगमा ८० राजनीतिक दल दर्ता (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगमा ८० राजनीतिक दल दर्ता (सूचीसहित)


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाःराष्ट्रिय पार्टी दर्ता गर्ने निर्णय भएको छ । सो राजनीतिक दलको दल दर्ता खारेज भएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत भएकाले हाललाई अन्तरिम आदेश परिपालना गर्ने प्रयोजनको लागि नेपाःराष्ट्रिय पार्टी दर्ता कायम गर्ने निर्णय भएको आयोगको भनाइ छ । यससँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १११ पुगेको छ ।

यसैगरी स्थानीय तह निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्न कागज खरिदका लागि भएको बोलपत्र बमोजिम न्यूनतम कबोल गर्ने सप्लायर्ससँग खरिद सम्झौता सम्पन्न भएको पनि आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस