शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. गोयल सम्मानित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. गोयल सम्मानित


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल मानार्थ विद्यावारिधिबाट सम्मानित भएका छन् ।

डा. गोयललाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी (इआईयू) पेरिस फ्रान्सले प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेश म्यानेजमेन्ट उपाधि प्रदान गरेको हो ।

कुशल व्यवस्थापन र व्यवसायीक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै शुक्रवार थाइल्यान्डमा आयोजित एक समारोह बिच उनलाई प्रोफेसनल डक्टरल सर्टिफिकेट प्रदान गरिएको हो ।

स्थापनाकाल देखिनै शिवम् सिमेन्टमा आबद्ध डा.गोयलकै प्रयासले छोटो समयमा नै ग्राहकहर माझ लोकप्रिय ब्रान्ड बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

कुशल व्यवस्थापन र कार्य दक्षताले शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्रान्ड बन्नुका साथै सर्वसाधारणमा शेयर निष्कासन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस