कर्मचारीलाई २० लाखको बिमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कर्मचारीलाई २० लाखको बिमा


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना कर्मचारीको सामूहिक दुर्घटना बिमाका लागि बिमा प्रदायक सङ्घसंस्थाबाट प्रस्ताव माग गरिएको छ ।

कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमाका लागि निर्वाचन आयोगले बिमा प्रदायक संस्थाहरूबाट प्रस्ताव माग गरेको हो ।

आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरू, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरू (काज, स्थायी, करार समेत) ९०० जनाको १०४ दिनसम्मका लागि बिमा गर्न प्रस्ताव माग गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७७७ जना कर्मचारीको ७० दिनका लागि बिमा गरिने भएको छ ।

मतदान केन्द्रमा खटिने ९ हजार ४०० जना कर्मचारीको १५ दिनका लागि, मतगणना कार्यमा खटिने ९ हजार ३६ जना कर्मचारीको १० दिनका लागि बिमा गर्न प्रस्ताव माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस