काठमाडौँ । न्याय सेवा आयोगको बैठक सुरु भएको छ ।
बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम न्यायाधीश मिरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खातीको उपस्थिति रहेको छ ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएका तीन वटा बैठक कानुनमन्त्री, वरिष्ठतम न्यायाधीश र महान्यायाधिवक्ताले बहिष्कार गर्दा कोरम नपुगेर स्थगित हुने गरेको थियो ।
आज (आइतबार) को आयोगको बैठकले यसअघि लोकसेवा आयोगमार्फत लिइएको जिल्ला न्यायाधीश पदको नतिजा प्रकाशन गर्ने काम गर्नेछ । त्यस लगत्तै मौखिक परीक्षाका लागि अन्तरवार्ताको मिति तोक्ने काम आयोगको बैठकले गर्नेछ ।