निर्वाचन नराउन महाअभियोग प्रस्ताव दर्ता गरिएको आरोप « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

निर्वाचन नराउन महाअभियोग प्रस्ताव दर्ता गरिएको आरोप


७ फाल्गुन २०७८, शनिबार


सर्लाही । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटनका लागि सर्लाही आएका महासचिव पोख्रेलले एमालेको दबाबका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गरे ।

एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको समयमा एमालेको दबाबमा वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिए ।

महासचिव पोख्रेलले मधेशमा कम्युनिष्ट पार्टी चिनाउने काम नेकपा (एमाले)ले गरेको दाबी गरे । उनले अघिल्लो निर्वाचनमा तत्कालीन प्रदेश नं २ अहिलेको मधेस प्रदेशमा निर्वाचनको प्रचार–प्रसार गर्न नपाउँदा पनि आफूहरूले ४० प्रतिशत स्थानीय निकायमा जित हासिल गरेको भन्दै आगामी निर्वाचनमा मधेस प्रदेशमा एमालेले बहुमत ल्याउने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस