प्रधानमन्त्रीले एमसिसी र गठबन्धनमध्ये एक रोज्नुपर्छ : शशाङ्क कोइराला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीले एमसिसी र गठबन्धनमध्ये एक रोज्नुपर्छ : शशाङ्क कोइराला


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले एमसिसी र गठबन्धनमध्ये एक रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले प्रधानमन्त्री देउवासामु एमसिसी पारित गर्ने वा गठबन्धन जोगाउने विकल्प बाँकी रहेको बताए ।

‘एमसिसी पारित गर्ने हो भन्ने सत्ता गठबन्धन टुट्ने सम्भावना मैले देखेको छु । प्रधानमन्त्रीजीसँग २ वटा उपाय छन् । कि एमसिसी पारित गर्ने कि त सत्ता गठबन्धन जोगाउने’, कोइरालाले भने ।

उनले एमसिसीले दिने अनुदान नेपालका लागि आवश्यक रहेको भन्दै संसदबाट पारित गराउनु नै उपयुक्त हुने बताए ।

एमसिसीमा अमेरिकाको भन्दा नेपालको स्वार्थ रहेको भन्दै कोइरालाले विकासका लागि अनुदान स्विकार्नुको विकल्प नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस