दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने सरकारको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने सरकारको निर्णय


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

आज (बिहीबार)को मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

ती मन्त्रीका अनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध गराउन लागेको हो ।

‘आजको बैठकले अमेरिकाले उपलब्ध गराउने भनेको २ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय भयो,’ ती मन्त्रीले भने,’यो रकम अमेरिकाले कोभिड नियन्त्रण सहायता ऋणको रूपमा उपलब्ध गराएको हो।’

Tags :
प्रतिक्रिया दिनुहोस