मुकुन्द निरौला सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुकुन्द निरौला सचिवमा बढुवा


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सरकारले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा मुकुन्द प्रसाद निरौला, दोस्रो नम्बरमा विनोद प्रकाश सिंह र तेस्रो नम्बरमा गोपीकृष्ण खनालको नाम सिफारिस गरेको सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

यद्यपी बैठकमा केही मन्त्रीहरुले तीन नम्बरमा सिफारिस खनालको समयावधि अलि कम छ उनैलाई बनाउने कि भनेपनि प्रधानमन्त्री देउवाले ‘सिनियर मोष्टबाटै’ भनेपछि पहिलो नम्बरका निरौला नै सचिव बनेको अर्का एक मन्त्रीले बताए ।

उनी सचिवको पूर्ण कार्यकाल खान पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस