२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, कति रेटिङ पाए ?

अ+ अ-

ठमाडौँ – दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा छलाङ मारेका छन्।

आइसिसीले बुधवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रसिंहले एकै पटक ५२औँ स्थानमा आएका छन्।

पहिलो पटक टी–२० ब्याटिङमा समावेश दीपेन्द्रसिंहले पहिलो पटक नै उच्च स्थान पाएका हुन्। उनले ४ सय ४३ रेटिङ अङ्क पाएका छन्। हालै ओमानमा सम्पन्न चार देशीय टी–२० सिरिजमा दीपेन्द्रसिंहले तीन वटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

ओमान र आयरल्यान्डविरुद्धको खेलमा म्यान अफ दी म्याचसमेत भएका उनले तीन खेलमा १ सय ४२ रन बनाएका थिए।

दीपेन्द्रसिंहले टी–२० ब्याटिङ वरीयतामा पहिलो पटक समावेश हुँदा नाम चलेका क्रिकेटरलाई पछाडि परेका छन्।

उनले भारतीय युवा ब्याट्सम्यान ऋषभ पन्त, सूर्यकुमार यादव, वेस्ट इन्डिजका कप्तान किरन पोलार्ड, वेस्ट इन्डिजकै ब्रान्ड किङ, सिमरोन हेटमायर, इंग्ल्यान्डका लियाम लिभिङ्स्टोन, अस्ट्रेलियाका मार्कस स्टोइनिस र म्याथ्यू वाडेलाई वरीयतामा पछाडि परेका छन्। टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ६५औँ स्थानमा छन् ।

यथास्थानमा रहेका कुशलले ४ सय १३ अङ्क बटुलेका छन्। ब्याटिङ वरीयतामा पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा छन्। पाकिस्तानका बाबर जाम ८ सय ५ रेटिङ अङ्कसहित शीर्ष स्थानमा रहँदा पाकिस्तानकै रिजवान ७ सय ९८ अंकका साथ दोस्रोमा छन्।

यस्तै आइसिसीको टी–२० बलिङ वरीयतामा नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ६३औँ स्थानमा छन्।

चार देशीय टी–२० क्रिकेट सिरिजमा औसत प्रदर्शन गरेका सन्दीपले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा ५० विकेट पूरा गरेका थिए। उनले आयरल्यान्डविरुद्धको खेलमा एक ब्याट्सम्यानलाई आउट पार्दै टी–२० खेलमा ५० विकेटको कोसेढुंगा पूरा गरेका हुन्।

अन्तर्राष्ट्रिय टी–२० खेलमा छिटो ५० विकेट लिने सन्दीप तेस्रो खेलाडी हुन्। टी–२० वरीयताको ६३औँ स्थानमा रहँदा सन्दीपले ४ सय ३७ रेटिङ अङ्क बटुलेका छन्।