२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

अ+ अ-

मोरङ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।

फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।

मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिकरुपमा ३० लाख सहयोग गर्ने जानकारी दिए ।

उनले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीको एक समूह गठन गरी भविष्यमा संयुक्त अधिराज्य अमेरिका र ओमानलगायत अन्य देशमा प्रतियोगितामा सहभागी गराइने बताए।

फाउण्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट युवा महिला खेलाडीलाई क्रिकेट सम्बन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए ।

उनले आफूले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण सुरु गरी हालसम्म १४ जना राष्ट्रियस्तरका महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिए ।

संयुक्त अधिराज्यका तेस्रो तहका क्रिकेटका प्रशिक्षकद्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेटप्रति छात्रछात्राको आकर्षण वृद्धि गरी आयआर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस