राष्ट्रपतिसमक्ष राजदूतको शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिसमक्ष राजदूतको शपथ


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य(बेलायत) का लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगन्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्व परराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषदको सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस