शुक्रबार एमसिसी टेबल हुन्छ : कानुनमन्त्री बडू « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शुक्रबार एमसिसी टेबल हुन्छ : कानुनमन्त्री बडू


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले सरकारले दुई दिन सहमति खोज्ने र समझदारीको आधारमा आगामी शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता टेबल गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार)को बैठकमै एमसिसी टेबल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसिसीबारे मतभेद चर्किएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर शुक्रबारको बैठकमा टेबल गर्ने तयारी गरेको हो ।

बुधबारको प्रतिनिधि सभाको बैठकपछि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस