नगर साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार विकास गरिँदै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नगर साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार विकास गरिँदै


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरेको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत कामपाका प्रमुख विद्यासुन्दर शाक्यले दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले संयुक्तरूपमा उक्त कार्यको शिलान्यास गरेका हुन् ।

साझेदारी कार्यक्रमअन्तर्गत कामपाबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत एक करोड २४ लाख रहेको छ ।

दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न छ क्षेत्रबाट काम भइरहेको बताइएको छ ।

कार्यक्रममा कामपाका प्रमुख शाक्यले उपत्यकाको एकीकृत विकास कार्यक्रमअन्तर्गत उक्त परियोजनालई अघि बढाएको बताए । एक प्रदेश एक भगिनी सहरको नीतिअनुसार विभिन्न पाँच वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको जानकारी गराउँदै शाक्यले ती नगरलाई पनि उद्यान निर्माण गर्न अनुदान सहयोग गरिएको बताए ।

दक्षिणकाली नगरका प्रमुख बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस