सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको मूल गेट तर्फ लागेका थिए ।

प्रहरीले मूल गेटमा पनि रोकेपछि उनीहरुले सडकमा प्रदर्शन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस