हुम्लामा अवरुद्ध हवाई सेवा सञ्चालन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुम्लामा अवरुद्ध हवाई सेवा सञ्चालन


१ फाल्गुन २०७८, आइतबार


सिमकोट । हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः हिजोदेखि नियमित भएको छ ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो ।

हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् ।

सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ ।

हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस