एमसिसी सभामुखले रोक्न मिल्दैन : प्रकाशशरण महत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसिसी सभामुखले रोक्न मिल्दैन : प्रकाशशरण महत


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा आज (बिहीबार) बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताएका हुन् ।

सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसिसी पनि रोक्न पाउनुहुन्न, प्रवेश नै नगराएपछि के हो, के हो भन्ने अन्योल बढ्यो, त्यसले यसलाई धेरैले अन्योलमा राख्नुहुन्न, संसद्‌मा छलफल गराउनुपर्छ, महतले भने ।

एमसिसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए । उनले भने एमसिसीको बारेमा पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्‌मा एमसिसी लानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।

सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसिसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन ।

बैठकमा स्थानीय निर्वाचनमा काँग्रेसलाई सशक्त बनाउने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाको म्याद सकिएको र रिक्त रहेकोमा के गर्ने भन्नेमा छलफल भएको प्रवक्ता महतले बताए । उनका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस