स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन


२६ माघ २०७८, बुधबार


काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको सम्भावित प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन भएको छ ।

आज (बुधबार) निर्वाचन आयोगले नेपाल सरकारका आइटी विज्ञहरूसँग छलफल गरेको थियो । त्यस छलफलपछि अध्ययन गर्न कार्यदल गठन भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

‘चुनाव इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गर्न सकिन्छ कि सकिन्न भन्नेबारे आज सरकारका विज्ञहरूसँग सामान्य छलफल भएको छ। उहाँहरूमध्येकै विज्ञहरूबाट थप अध्ययन गर्न कार्यदल गठन गरेका छौँ,’ उनले भने, ‘अध्ययनको रिपोर्ट बुझाएपछि के गर्ने भन्ने थाहा हुन्छ।’

निर्वाचन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल झाको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

अध्ययनको रिपोर्ट सात दिनभित्र बुझाउन भनिएको प्रवक्ता पौडेलले बताए। यस कार्यदलमा सात जना रहेको उनले बताए ।

निर्वाचन घोषणा भएसँगै आयोग त्यसको तयारीमा जुटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस