नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ


१९ माघ २०७८, बुधबार


पक्राउ

काठमाडौँ । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले हिजो (मंगलबार) भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौँको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारीलाई पक्राउ गरेको हो ।

ती अस्पतालबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको स्वाबको नमुनासमेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने काम भएको महाशाखाले जनाएको छ ।

नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । यस्तै महाशाखाले अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

त्यस्तै कान्तिपुर अस्पताल प्रालिका कर्मचारी परिचयपत्र भएका नागेन्द्रकुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिएको पनि महाशाखाले जनाएको छ । त्यस्तै सोही अस्पतालका कर्मचारी माधव मैनाली पनि पक्राउ परेका छन् । कान्तिपुर अस्पतालबाट पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट उल्लेख गरिएको ४ थान रिपोर्ट पनि भेटिएको छ ।

प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायत उपकरण पनि नियन्त्रणमा लिएको छ । दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको महाशाखाले जनाएको छ । दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती अस्पतालका ल्याबहरूले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिना नै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको पाइएको छ । ती ल्याबहरूमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ । कतिपय पीसीआर पोजेटिभ देखिएका स्याम्पलहरूको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको पनि प्रहरीले जनाएको छ ।

ती अस्पतालले केही बिचौलियाहरूलाई अस्पतालको कर्मचारी भनी परिचयपत्र समेत बनाई दिई सामूहिक स्वाब सङ्कलन गरेको भेटिएको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै बिचौलियाहरूले आफैँले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रति व्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ । ती रिपोर्ट क्युआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस