रसुवा नाकाबाट एक साता चिनियाँ सामान आयात नहुने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

रसुवा नाकाबाट एक साता चिनियाँ सामान आयात नहुने


१८ माघ २०७८, मंगलबार


रसुवा । रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ ।

चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात नहुने भएको हो ।

चिनियाँ पक्षले नयाँ वर्षका कारण एक साता प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द गरी नयाँ वर्ष मनाउने जानकारी गराएकाले सोमबारदेखि एक साता सामान आयात नहुने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले जानकारी दिए।

तर नेपालतर्फ आएका सामग्रीको भने आयात हुने बताइएको छ । दुई वर्षदेखि नै रसुवागढी नाकाबाट आयात-निर्यात प्रभावित हुँदै आएकोमा अहिले नाकाबाट दैनिक चिनियाँ नौ कन्टेनर मात्र सामान आयात भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस