इटालीका राष्ट्रपति माटारेला दोस्रो कार्यकालका लागि निर्वाचित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

इटालीका राष्ट्रपति माटारेला दोस्रो कार्यकालका लागि निर्वाचित


१६ माघ २०७८, आइतबार


रोम । इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौँ चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । उनको कार्यकाल फेब्रुअरीको सुरुमा सकिँदै छ ।

मतगणना जारी छ तर माटारेलाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन् । इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपिल गरेपछि यो नतिजा सम्भव भएको हो। यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन् ।

यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि परिस्थितिलाई ध्यानमा राख्दै फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यस अघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस