प्रहरीमा थपिँदै एआईजी, तीन दरबन्दीको ओएण्डएम स्वीकृतसँगै बिहीबारको मन्त्रिपरिषदमा पेस हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रहरीमा थपिँदै एआईजी, तीन दरबन्दीको ओएण्डएम स्वीकृतसँगै बिहीबारको मन्त्रिपरिषदमा पेस हुँदै


११ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन वटा दरबन्दी थप हुने भएको छ । गृह मन्त्रालयले एआईजी(विशिष्ट श्रेणी)को तीन वटा दरबन्दी थपका लागि सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे(ओएण्डएम) तयार गरेसँगै सो दरबन्दी थपिन लागेको हो ।

‘ओएण्डएम तयार भएको छ’, गृहका एक उच्च अधिकारीले भने, ‘सम्भवतः बिहीबारको क्याबिनेटमा पेस भएसँगै सोही दिन निर्णय हुन्छ होला’

एआईजीको दरबन्दी थप भएको अवस्थामा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरज प्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तम राज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिस्पर्धी रहे पनि विशेष लबिङ गर्नेहरूमा भने डिआइजी वसन्तकुमार पन्त, रवीन्द्रबहादुर धानुक, ईश्वरबाबु कार्की, धिरज प्रताप सिंह, उत्तम राज सुवेदी लगायत रहेको गृह स्रोत बताउँछ ।

प्रहरीमा विगतका दिनहरूमा पनि मन लागेको मान्छेलाई ल्याउन थप्ने र हटाउन दरबन्दी घटाउने खेल भइरहन्छन्, जुन सङ्गठनका लागि राम्रो मान्न सकिँदैन । पहुँचका आधारमा हटाउने र उकाल्ने खेलले प्रहरी जस्तो अनुशासित सङ्गठनमा भद्रगोलता निम्तने मात्र होइन, अस्वस्थ प्रतिस्पर्धा हुन गई चेनअफ कमान्डमा समेत गम्भीर असर पर्न जानेतर्फ सरकारले सोच्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस