पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज (शुक्रबार) बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो (बिहीबार) बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार : पाँच दलीय समन्वय समितिको बैठक स्थगित

बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएपछि आज बैठक बस्ने तय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस