पाँच दलीय समन्वय समितिको बैठक स्थगित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पाँच दलीय समन्वय समितिको बैठक स्थगित


६ माघ २०७८, बिहिबार


काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज (बिहीबार) बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस