मन्त्री रेणु यादवलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री रेणु यादवलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गरेका हुन् ।

भौतिक पूर्वाधारमन्त्री यादवले रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सिके राउतको ज्यान मार्ने धम्की दिएकी थिइन् ।

सम्बन्धित समाचार : मन्त्री यादवद्वारा सिके राउतलाई ज्यान मार्ने धम्की

एमाले नेता भट्टराईले लेखेका छन्, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनुपर्‍यो या नेपाली काँग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो । अर्को बाटो छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस