भन्सार एजेन्टको लिखित परीक्षा स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर काठमाडौँले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ ।

विभागले कोरोना महामारीका कारण एजेन्टहरूको लिखित परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।

आगामी माघ २९ गतेका लागि परीक्षा तोकिएको थियो । भन्सार एजेन्टको इजाजत पत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेको थियो ।

लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको भन्दै विभागले भन्सार एजेन्टहरूका लागि लिइने परीक्षा स्थगित गरिएको जनाएको छ ।

परिस्थिति सहज हुनासाथ परीक्षाको मिति तय गरिने विभागको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस