नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


७ माघ २०७८, शुक्रबार


चितवन । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि आज (शुक्रबार) बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठुलो भएकाले सबै पन्छाएर बाटो खुलाउन भने समय लाग्ने छ ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालका अनुसार टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको छ । सोही ठाउँबाट पहिरो खसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस