अफगानिस्तानको बाघलान प्रान्तमा बम विस्फोट हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अफगानिस्तानको बाघलान प्रान्तमा बम विस्फोट हुँदा २ जनाको मृत्यु


३ माघ २०७८, सोमबार


बाघलान । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

स्थानीयवासीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार प्रान्तीय राजधानी पुल-ए-खुमरी सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार दिउँसो उक्त विस्फोट भएको हो ।

गत सोमबार नान्गाहारको लालपुर जिल्लाको एक विद्यालय बाहिर विस्फोटक पदार्थ पड्किदा छ बालबालिका र एक व्यापारीको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस