प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ


२ माघ २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् । पन्थीले यो रिट सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिएका हुन् ।

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै ती आरोपहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस