मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा निर्णय आजै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा निर्णय आजै


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । दोस्रो पटकको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकसँगै अन्य नियमित कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

बिहीबार गरिएको कोभिड परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो ।

गत शनिवारदेखि राजनीतिक भेटघाट र औपचारिक कार्यक्रम स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका एक सचिवलाई बढुवा गर्दै छ । मङ्गलवार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

प्रशासन सिंहदरवार विशेष सूत्रका अनुसार बैठकले तेस्रो नम्बरमा सिफारिस भएका खरेललाई सचिवमा बढुवा गर्ने छ । ५८ वर्षे सेवा अवधिका कारण आउँदो माघ ४ गते अनिवार्य अवकाश हुँदै गरेका उनकै लागि सचिव खगेन्द्र प्रसाद नेपाललाई विशेष सचिव पदमा सारिएको थियो ।

ज्येष्ठ भएर पनि साँच्चिकै अन्यायमा परेकोले अन्तिम समयमा भए पनि उनलाई बढुवा गर्नु परेको ती स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस