सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ ।

सामान्यतयाः पहिलो नम्बरमा सिफारिस सहसचिवलाई नै सचिवमा बढुवा गरिने प्रचलन रही आएपनि यदाकदा सरकारले निकष्ठस्तहरुलाई तीन नम्बरबाट पनि बढुवा गर्ने गरेका उदाहरण छन् । ओली सरकारका पालामा पनि यस्तो भएको थियो भने त्यसअधिका सरकारहरुले पनि यस्ता निर्णय गर्ने गरेको भेटिन्छ । जुन, निजामतीका लागि गलत अभ्यास हुने प्रशासनविद्हरुले बताउँदै आएका छन् ।

प्रशासन सिंहदरवार विशेष सूत्रका अनुसार यस पटक पनि तेस्रो नम्बरमा सिफारिस भएका खरेल सचिवमा बढुवा हुँदैछन् ।

५८ वर्षे सेवा अवधिका कारण आउँदो माघ ४ गते अनिवार्य अवकाशमा जान लागेका खरेललाई बढुवा गराउनकै लागि सचिव खगेन्द्र प्रसाद नेपाललाई विशेष सचिव पदमा सारिएको थियो ।

सम्बन्धित समाचार : यी सहसचिवका लागि थपिँदै छ सचिव दरबन्दी

गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन र प्राविधिक तर्फ एक–एक गरी दुई सचिव पद थप गरेको थियो ।

सम्बन्धित समाचार : दुई सचिवको दरबन्दी थप, आधा दर्जन सचिवको सरुवा

त्यसो त प्राविधिक तर्फ दुई सचिवको दरबन्दी थप्न निकै ठुलो चलखेल भएको थियो तर कुनै पनि हालतमा थप्न नहुने उच्च प्रशासकहरूको दबाबपछि एउटा मात्रै भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थपेरै छोडियो । र, मुख्यसचिवसहित तीन जना सचिवले पनि काम हुन सक्ने ठाउँमा अतिरिक्तका सचिवसहित गरेर अब १० जना सचिव पुगेका छन् ।

सम्बन्धित समाचार : तीन सचिवको दरबन्दी थपिँदै

व्यक्तिका लागि पद थमौती र कटौती गर्न नहुने भन्दै प्रशासन वृत्तमा निकै आलोचनासमेत भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस