आजदेखि २ रुपैयाँ दरको सिक्का प्रचलनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजदेखि २ रुपैयाँ दरको सिक्का प्रचलनमा


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले २ रुपैयाँ दरको सिक्का आज (शुक्रबार)देखि प्रचलनमा ल्याउन लागेको हो ।

साविककै आकारमा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो। राष्ट्र बैङ्कले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो ।

राष्ट्र बैङ्कका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वटा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अङ्ग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ ।

यस्तै सिक्काको पछाडिपट्टि वृत्ताकार घेराभित्र वरिपरि चौसट्ठी वटा थोप्ला रहेको छ । आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गधाको आकृति छ ।

सिक्काको बिच भागमा जानकारी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ ।
सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस