स्वास्थ्यका उच्च अधिकारीको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यका उच्च अधिकारीको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन


२९ पुस २०७८, बिहिबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहीबार(आज) प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएका हुन् ।

बुधवार स्वास्थ्य मन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेको बेला सरुवा गरिएको र सरुवामा व्यापक चलखेल भएको भन्दै कर्मचारी वृत्तबाटै व्यापक विरोध भएको थियो ।

५ महिना सेवा अवधि बाँकी रहेका लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्रीले कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै कर्मचारीले प्रवेश नदिने भन्दै आन्दोलनमै उत्रिएका थिए ।

१२ औँ तहका विशिष्ट श्रेणीका अधिकारीको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै काँग्रेसका वरिष्ठ नेताहरुलेसमेत देउवाको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीको आदेशमा लोहनीको सरुवा रोकिएको हो ।

औषधि होस् या उपकरण, या त कर्मचारीको खटनपटन नै होस्, कर्मचारीतन्त्रमा सबैभन्दा भद्रगोल छ स्वास्थ्य सेवा । जहाँ हरेक निर्णयमा चलखेलको गन्ध आउने गरेको छ ।

केही वर्षअघि स्वास्थ्य सचिवलाई प्रधानमन्त्री कार्यालय तानेको उदाहरणले कर्मचारी खटनपटन तथा कामकारबाहीमा अझ बढी प्रश्न उठ्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस