नोबेल मेडिकल कलेजका सञ्चालकको पुत्ला दहन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नोबेल मेडिकल कलेजका सञ्चालकको पुत्ला दहन


२९ पुस २०७८, बिहिबार


विराटनगर। नोबेल मेडिकल कलेजका विद्यार्थीले सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् ।

विद्यार्थीले एमबिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताएका छन् ।

एमबिबिएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी सङ्गठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए । साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबिबिएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो । शुल्क नबुझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालेको र गेटबाटै रोक्ने कामसमेत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस