वीरगञ्जमा पृथ्वी जयन्तीको अवसरमा साइकल दौड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीरगञ्जमा पृथ्वी जयन्तीको अवसरमा साइकल दौड


२७ पुस २०७८, मंगलबार


वीरगञ्ज । वीरगञ्जमा पृथ्वी जयन्तीको अवसरमा साइकल दौड गरिएको छ । वीरगञ्ज साइकिलिङ क्लबले पृथ्वी जयन्तीको अवसरमा साइक्लिङको आयोजना गरेको हो ।

वीरगञ्जको मकालु होटल चोकबाट सुरु भएको साइकल दौड आदर्शनगर, घडिअर्वा, माईस्थान, पावरहाउस चोक, बाइपास सडकबाट बसपार्क हुँदै घण्टाघरमा आएर सम्पन्न भएको थियो ।

बढ्दै गरेको कोरोना संक्रमणलाई मध्यनजर गरेर मास्क लगाउँ भन्ने सचेतना जगाउन साइकल दौडको आयोजना गरिएको क्लबले जनाएको छ ।

साइकल दौडमा सहभागीलाई पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रमाणपत्र प्रदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस