कोरोना सङ्क्रमण बढेपछि राष्ट्र बैङ्कको निर्देशन : सतर्कता अपनाउनु, एटिएममा स्यानिटाइजर राख्नु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमण बढेपछि राष्ट्र बैङ्कको निर्देशन : सतर्कता अपनाउनु, एटिएममा स्यानिटाइजर राख्नु


२६ पुस २०७८, सोमबार


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

केन्द्रीय बैङ्कले आज (सोमबार) निर्देशन जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको हो ।

सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न राष्ट्र बैङ्कको निर्देशनमा उल्लेख छ ।

यसबाहेक बैङ्क तथा वित्तीय संस्थाले सञ्चालन गरेको एटिएम बुथबाट हुनसक्ने सङ्क्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजरलगायतका सामग्रीको व्यवस्था गर्न पनि बैङ्कले निर्देशन दिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी कायम गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैङ्कले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस