पाकिस्तानको पन्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाकिस्तानको पन्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु


२५ पुस २०७८, आइतबार


इस्लामाबाद । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

घटना इस्लामाबादको भगिनी सहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क गरिएको गाडीमा ठोक्किँदा भएको जनाइएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते थिए जसको पछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । मृतकहरू रावलपिण्डीका बासिन्दा रहेको र उनीहरुको शव पहिचानपछि आफन्तलाई बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस