प्रधानमन्त्री देउवालाई तीन दिन आइसोलेसनमा बस्न चिकित्सकको सुझाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री देउवालाई तीन दिन आइसोलेसनमा बस्न चिकित्सकको सुझाव


२५ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।

दाहाललाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहाल सहभागी थिए ।

प्रधानमन्त्री देउवामा कुनै लक्षण नदेखिए पनि दाहाललाई कोभिड देखिएकाले पीसीआर रिपोर्ट नआउँदासम्म (करिब तीन दिन) आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएको बताइएको छ ।

प्रधानमन्त्री शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आएलगत्तै आइसोलेसनमा बसेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस