१६ महिना थन्क्याईएको रेल गुड्यो, परीक्षणमा भारतीय प्राविधिक टोली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१६ महिना थन्क्याईएको रेल गुड्यो, परीक्षणमा भारतीय प्राविधिक टोली


२४ पुस २०७८, शनिबार


काठमाडौँ । १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ ।

धनुषाको इनरुवास्थित रेल्वे स्टेशनमा पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ ।

२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।

इनरुवा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्थासम्म पुगेको छ । भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस